nepal telicom

ओलीबिरुद्ध खनिएका भूतका भरौटेको झुसिलो डकारमा घडी चोरको कनेक्सन

तत्कालिन प्रधानन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भू–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा अर्थात जनबोलीमा चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतीय टलिभिजन च्यानल, जी न्यूजको भगिनी संस्था डब्लुआईओएनएसले १५ जुलाई २०२० मा ग्लोबल वाच रिपोर्ट भन्ने संस्थालाई हवाला दिँदै मिथ्या आरोप लगाउँदै आधारहीन रिपोर्ट प्रसारण गर्यो ।

तत्कालिन प्रधानमन्त्री ओलीलाई सम्पूर्णरुपमा चीनले सञ्चालन गरिरहेको आरोप लगाएर करिब ३ मिनेटको मिथ्या रिपोर्ट प्रसारण गरेको थियो । ओलीको राष्ट्रवादी अडान र दृढइच्छाशक्तिबाट अत्तालिएपछि तथा ओलीको बढ्दो लोकप्रियता, देशमा स्थिर र बिकासको अग्रगामी यात्रामा अघि बढेपछि छटपटाएका विदेशी शक्ति यसरी भ्रमपूर्ण समाचार पस्किरहेका थिए ।

त्यसबेला चुच्चे नक्सा जारी भएपछि ओलीमाथि भारतीय सञ्चारमाध्यमले पत्रकारिताको धर्म, मर्म र सीमा भत्काउँदै चीनपरस्त भाष्य स्थापित गर्न पुरै शक्ति लगाए । तर त्यो आधारहीन रिपोर्ट र समाचार धेरैदिन टिकेनन् । सत्य कुरा बाहिर आइहाल्यो ओलीमाथि हमला गर्ने औजारकाका रुपमा नियोजित प्रशारण गरिरहेको उक्त रिपोर्ट र भारतीय सञ्चारमाध्यको हर्कतको सिंगो देशले भत्सर्ना गरेका थिए । उक्त आधारहीन रिपोर्टको कांग्रेस नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले भारतीय सञ्चारमाध्यममा अन्तवार्ताकै क्रममा जमेर प्रतिवाद गरेक थिए।

जीन्यूजको भगिनी संस्था डब्लुआईओएनएसले लिम्पियाधुरा, लिपुलेक र कालापानीको चुच्चे नक्सा जारी भएपछि तत्कालिन प्रधामन्त्री ओली तत्कालिन चिनीयाँ राजदूत यान्छीको प्रेमजालमा परेको भन्दै १७ मिनेट लामो मनगढन्ते र फेक रिपोर्ट प्रसारण गरेको थियो । नेपालका पक्षमा अडान राख्दा ओलीमाथि भारतविरुद्ध लागेको र चुच्चे नक्सा जारी गरेको आरोप लगाउँदै ओलीकी इश्कियाँ नाम दिएर उक्त घृणित रिपोर्ट देखाएको थियो । नाटकीयढंगले फिल्मी कहानीकै शैलीमा प्रशारित उक्त कथित रिपोर्टको नेपालमा सर्वत्र विरोध भएपछि उक्त च्यानल नेपालमा बन्द भएको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको चुच्चे नक्सा जारी भएपछि ओलीविरुद्ध भारतीय मिडियाले चिनियाँ राजदूतसँग ‘इश्कीयाँ’ र कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाउँदै प्रशारित उक्त आधारहिन भ्रमपूर्ण भिडियो क्लिप फेरी एक जना दुर्गा प्रसाई नामक व्यक्तिले फेरी भाईरल बनाउने घृष्टता गरेका छन् । आधारहिन उक्त रिपोर्टको प्रशारण संस्थाले माफी मागिसकेको रिपोर्ट अहिले फेरी भाईरल बनाउने नियोजित खेल र षडयन्त्र भईरहेको छ । प्रसाई तिनै व्यक्ति हुन् जुन बैंकको अरबौ ऋण तिर्न नसकेर मानसिक रोगी भईसकेको चर्चा छ । पछिल्ला दिनमा राजावादी बनेर अभियान चलाउँदै आएका मानसिक रोगीको सिकार बनिरहेका प्रसाई अहिले गोटी बनेका छन् ।

ओलीको राष्ट्रवादी अडान, दुरद्रष्टा र ‘समृद्ध नेपाल, सुखी नेपाली’का परिकल्पना र योजनाकार ओलीमाथि देशी विदेशी शक्तिहरुबाट चौतर्फी हमला भईरहेका बेला पुनरउत्थानवादी तथा प्रतिगमनकारीहरु झुसिलो डकार सहित हमलामा उत्रनु दिवालियापन त हुँदै हो, यो खेदजनक र भत्र्सनायोग्य छ । अहिले ओलिमाथि हमला गरेर कमजोर बनाउँदा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै धराशायी पार्न सकिन्छ कि भन्ने निष्कर्ष सहित ओलिमाथि प्रायोजित ढंगले प्रहार भईरहेको छ । पछिल्लो पटक घोर दक्षिणपन्थी, पुनरात्थानवादी र केही भूतका भरौटै तत्व धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर ओलीको चरित्रहत्या गर्नु निन्दनीय कार्य नै हो ।

मानसिक रोगीले सेवन गर्ने औषधी खाईरहेका प्रसाईको कुरा त के त्यो भन्दा पनि अत्यन्तै घृणित र नीच विषय त राज्य व्यवस्था समितिका सभापति रहेका कांग्रेस सांसद रामहरि खतिवडाले प्रसाईको अनुयायी बन्दै यो समाचार के हो ? भन्दै प्रश्न उठाउनु गम्भीर छ ।

नेपाललाई हिन्दुअधिराज्य बनाउनुपर्ने एजेण्डा बोक्दै आएका सांसद खतिवडाको प्रसाईसँग लोलीमा बोली मिल्नु केवल संयोग मात्र मान्न सकिदैन । यो कनेक्सन डरलाग्दो देखिन्छ । खतिवडा तिनै व्यक्ति हुन् जो एउटा महँगो घडी चोरेको आरोप खेपिरहेका छन् । यो आरोप मात्र नभएर उनैले स्वीकारेको विषय हो । तर आफ्नै पार्टीका नेता डा. मिनेन्द्र रिजालले समेत प्रतिवाद गरेको विषयमा खतिवडाले प्रश्न उठाउँदा खतिवडालाई त्यो महंगो रोलेक्स घडी तपाईले चोरेको समाचार के हो ? भनेर प्रश्न उठ्यो भने तपाईसँग उत्तर छ ? खतिवडा र प्रसाईहरु यो समाजका भाईरस नभएर के हुन त ? उनीहरुलाई प्रश्न छ ।

राष्ट्रियताका सन्दर्भमा होस् वा राष्ट्रिय स्वाभिमान जनताको समृद्धि देश विकास र सामाजिक न्यायका पक्षमा अडिकताका साथ उभिदै आउनुभएका पूर्वप्रधानमन्त्री ओलीविरुद्ध जुन प्रकारको नियोजित प्रहार र भ्रामक खबर छरिएको छ वा उहाँलाई बद्नाम गर्नेगरी षडयन्त्र भईरहेको छ । प्रश्न यहाँनेर छ ।

प्रसाई त एउटा प्रवृत्ति हो, नैतिकता पतन भएर विवेकशून्य अवस्थामा पुगेको अराजकता र अस्वस्थ्य मानसिकता बोकेर अराजक शैलीमा प्रस्तुत हुने प्रसाई प्रवृत्तिविरुद्ध राज्यले गम्भीर रुपमा नसोचे यसको परिणाम सरकारका लागि नै डर लाग्दो हुनेछ । जनमानसमा ‘नरपिसाच’ सोंच र नैतिक पतन भएर विवेकशून्य अवस्थामा पुगेको व्यक्तिले के भन्यो भन्ने विषय प्रमुखताभन्दा पनि ….. काल पल्क्यो भन्ने चिन्ताको विषयका रुपमा लिनुपर्दछ ।

अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो यो भन्ने आम ठम्याई छ । बारम्बार न्यून आचारण र अराजक शैलीमा प्रस्तुत हुने प्रसाईको निचताको पराकाष्ट मात्र हैन कानुनी कारबाही योग्य छ । जुन सोंच र नैतिकता पतन भएर विवेकशून्य अवस्थामा पुगेका प्रसाई अहिले समाजलाई भ्रममा पार्ने, भड्काउने र भत्काउने कार्यमा उद्दत छन् । उनको पछिल्लो यो आपाराधिक कार्य हो । जसलाई राज्यले समयमै दण्डित गरेर नियन्त्रण गर्न जरुरी देखिन्छ ।

अन्तमा, नेकपा एमाले महसचिव शंकर पोखरेल भन्नुहुन्छ – ‘पहिले माओवादीहरु जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरु कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ । वैचारिक र राजनीतिक रुपमा स्खलित भएकाहरुको हतियार नै भ्रम सिर्जना गर्नु हो । नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्ति माथिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षडयन्त्र विरुद्ध गम्भीर बनौं ।’

adb bank long