nepal telicom

इजरायलमा मृत्यु भएका पाँच नेपालीको शव पहिचान गर्न आफन्तहरुको डीएनए पठाइयो

काठमाडौं । विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँच नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ । हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ । पाँच जनाको शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भइरहेको छ । पाँच नेपालीहरुको पहिचान गर्न उनीहरुका आमा बाबुको डीएनए स्वाब इजरायल पठाइएको हो ।

उक्त आक्रमणमा परेर निधन भएका धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकिरहेको छैन ।

आक्रमणमा परी बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशीका आमा बाबुको समेत डीएनए स्वाब संकलन गरी पठाइएको छ । आक्रमणमा परी बेपत्ता रहेका जोशीको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको छ।

आक्रमणमा परी मारिएको १० जना नेपाली विद्यार्थीमध्ये बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव स्वदेश ल्याइसकिएको छ ।

adb bank long