nepal telicom

प्रधानमन्त्री प्रचण्ड जुल्फी लर्काएर ऐना हेर्दै आफैं मख्ख : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारजनता र सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा कुनै पनि काम गर्न नसकेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्ड जुल्फी लर्काएर ऐना हेर्दै आफैं मख्ख परिरहेको टिप्पणी गर्दै उनले यो सरकारलाई महत्व दिन आवश्यक नरहेको बताए ।

‘उहाँ (प्रचण्ड) ले ऐना हेर्दै मख्ख पर्दै, जुल्फी लर्काउँदै, कपालमाथि फर्काउँदै, ऐना हेर्दै मख्ख पर्दै गर्नुभएको छ । त्यसको मैले महत्व दिनु ?’ उनले प्रश्न गरे ।

‘यो सरकार एक दिन पनि राख्न नहुने हो । यत्तिको निकम्मा, नालायक, जनविरोधी, राष्ट्रविरोधी, कुनै सर्भिस डेलिभरी छैन । षड्यन्त्रण होईन, यो सरकार ढाल्नु एकदमै जायज हो,’– थापाले भने।

प्रचण्ड नेतृत्वको सरकारले जनता र सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा कुनै पनि काम गर्न नसकेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्ड जुल्फी लर्काएर ऐना हेर्दै आफैं मख्ख परिरहेको टिप्पणी गर्दै उनले यो सरकारलाई महत्व दिन आवश्यक नरहेको बताए ।

adb bank long