nepal telicom

३ महिनामा दुई दुर्घटनासंगै मनाङ एअर हेलिकप्टर बिहिन

काठमाडौ । सोलुखुम्बुमा  गत असोज २७ गते हेलिकप्टर दुर्घटना भएसंगै मनाङ एयर हेलिकप्टर बिहिन भएको छ। मनाङ एअरका दुई वटा हेलिकप्टर थिए।

मनाङ एअरको  २ हेलिकप्टर मध्ये एउटा तीन महिना अगाडी गत असार २६ गते र अर्को गत असोज २७ गते दुर्घटना भएका छन्।
गत असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा कल साईन   नाइन एन–एएनजे भएको हेलिकप्टर  दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे गत बुधवार उपचारको क्रममा इन्डियाको नेशनल बर्न सेन्टर मुम्बईमा मृत्यु भएको थियो। दुर्घटनामा परि सेढाईँको अनुहार , हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो।

यस्तै, यसअघि असार २६ गते सोलुखुम्बुकै लामाजुरामा मनाङ एअरको कल साईन ९ एन–एएमभी  भएको हेलिकप्टर दुर्घटनामा परि पाइलट चेतबहादुर  गुरुङसहित ६ जनाको ज्यान गएकाे थियाे ।  ज्यान जानेमा मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक थिए।

तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटनामा परेपछि अहिले मनाङ एअरको उडान प्रमाणपत्र (एअर अपरेटर सर्टिफिकेट) समेत नियामक  निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

मनाङ एअरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । प्राधिकरणले मनाङ एअरको वस्तुस्थितिकाे समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुने भुलले बताउनुभयो ।

adb bank long