८ जना भारतिय नौसैनिकलाई मृत्युदण्ड दिने कतार अदालतको फैसला

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । कतारको अदालतले पक्राउ परेका ८ जना पूर्व नौसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला सुनाएको  छ।

भारतीय विदेश मन्त्रालयले निकालेको बिज्ञप्तीमा भनेको छ -‘कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका ८ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षामा छौं ।’
‘हामी परिवारका सदस्य र कानूनी टोलीसँग सम्पर्कमा छौं र हामी सबै कानूनी विकल्पहरूको खोजी गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

विदेश मन्त्रालयले भनेको छ, ‘हामी यो घटनालाई उच्च महत्व दिन्छौं र यसलाई नजिकबाट नियालिरहेका छौं । हामीले सबै परिवारलाई कूटनीतिक तथा कानूनी सहायता जारी राख्नेछौं । हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौं ।’

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।’

सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती ८ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती ८ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।

मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेका थिए । गत जुन ८ मा एक्स (ट्वीटर)मा एक पोस्ट लेख्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड