nepal telicom

विश्वकपमा आज : अस्ट्रेलिया र नेदरल्यान्ड्स आमनेसामने

नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ ।

यी दुई टोलीबीच हालसम्म २ वटा एकदिवसीय खेल भइसकेको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । यी खेलहरू २००३ र २००७ को विश्वकपमा खेलिएका थिए, यस बाहेक यी दुईबीच कुनै खेल भएको छैन।

adb bank long