टीकाको दिनमा समेत गह्रौ मन लिएर बिदेसिने नेपालीको भिड

Telecom

काठमाडौं । बडादसैंको मुख्य दिन विजया दशमीमा सबै नेपाली मान्यजनसँग टीका थापेर आशीर्वाद लिन व्यस्त छन् । तर, यस महत्वपूर्ण दिनमा समेत विदेशिनेको घुइँचो त्रिभुवन विमानस्थलमा देखियो ।

विमानस्थलमा दिनभर नै वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिनेको घुइँचो देखियो । केहीले घरैमा मान्यजनको हातबाट टीका र जमरा लगाएर आएका थिए भने केहीले भने विमानस्थलमै टीका लगाइरहेका देखिए ।

विजया दशमीका दिन राति २ बजेसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ अन्तर्राष्ट्रिय उडानमार्फत् झण्डै ४ हजार नेपाली विदेशिने विमानस्थल कार्यालयको अनुमान छ । हिजो नवमीका दिन ६० वटा उडानमार्फत् करिब ७ हजार यात्रु उडेका थिए, जसमा अधिकांश नेपाली श्रमिक थिए ।

आइतबार ५१ वटा उडानमार्फत् ६ हजार १ सय २८ यात्रु गन्तव्यतर्फ लागेका थिए ।

adb bank long