काठमाडौ । सधैँ व्यस्त रहने कलाकार कोही आफ्नै क्षेत्रमा व्यस्त छन् । कोही जन्थलोमा पुगेर दसैँ मनाइरहेका छन् । कलाकारले दसैँ कसरी मनाइरहेका छन् त ?
गायिका समीक्षा अधिकारी आफ्नो जन्मघर कास्कीको माछापुच्छ्रे गाउँपालिका एकमा रहेको घरमा फूलपातीकै दिन पुगिसकेकी छन् । उनी आफ्ना हजुरआमा बुवा, आमा दाइ लगायत आफ्न्तको हातबाट टीका लगाउने तयारीमा छन् । यद्यपि उनकी दिदी सर्मिला अधिकारी नेपाल बाहिर भएकाले अलिकति नरमाइलो भने महसुस गरिरहेकी छन् ।