nepal telicom

राष्ट्रपति पौडेलको दसैं टिका बहिष्कार गर्न रवीन्द्र मिश्रको आव्हान

काठमाडौं। राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दशैंकाे टिका बहिष्कार गर्न अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा अहिलेसम्म भएका तीन जना राष्ट्रपतिले पार्टी, गुट र नेताको रुपमा आफूलाई उभ्याएको आरोप लगाएका छन्।

उनीहरु देशको राष्ट्रपति नभएको पनि टिप्पणी गरेका छन्। उनले राष्ट्रपति पौडेललाई ’पाप-कर्म’ को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ भन्दै अब अति भइसकेको टिप्पणी गरेका छन्।

adb bank long