nepal telicom

दशैँसंगै सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। दसै लागेसँगै स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सयले रुपैयाँ बढेको हो । बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८ सय रुपैयाँ बढेको हो ।

तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको  प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

twitter sharing button
email sharing button
messenger sharing button
sharethis sharing button
adb bank long