nepal telicom

विष्णु रिमालले दिए रवि लामिछानेलाई यस्तो जबाफ

काठमाडौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई काउण्टर जबाफ दिएका छन् । रविले अरू राजनीतिक दलहरूले केही गरेनन् भनेर लाएका आरोपको खण्डन गर्दै विष्णु रिमालले आफूले के गर्दैछु भन्ने हेर्नुपर्ने भन्दै काउण्टर जबाफ दिएका हुन् ।

रवि लामिछानेले आफ्नो पार्टीले अन्य पार्टीजस्तो चुनावपछि नीति कार्यक्रम बनाउनेभन्दा चुनाव अघि नै नीति कार्यक्रम तर्जुमा गर्न लागिरहेको र त्यसक्रममा आफू असोज ३ गते रोल्पा पुगेर जनताका कुरा सुनेर अहिले काठमाडौँमा विज्ञका कुरा सुनेर नीति मन्थन गरिरहेको सामाजिक सञ्जालमा पोस्ट गरेपछि रिमालले जवाफ दिएका हुन् ।

रिमालले सोमबार आफ्नो फेसबुक पेजमा लामिछानेलाई जवाफ दिँदै पार्टी निर्माणको प्रक्रियाबारे सुझाव दिएका छन् । ‘इतिहासमा टिकेका सबै पार्टीहरू यस्तै प्रक्रियाबाट गुज्रिएका छन् । जब उनीहरू एजेण्डामा पोखिन्छन् अनि मात्र जनताले तिनीहरूको ‘रङ्ग’ थाहा पाउँछन् र, ‘कित्ता–काट’को प्रक्रियामा प्रवेश गर्छन्’, रिमालले भनेका छन् । साथै उनले लामिछाने अहिले पार्टी निर्माणको प्राकृतिक प्रक्रियामा रहेको पनि बताएका छन् । ‘लाग्छ, अहिले तपाईँहरू पार्टी निर्माणको “प्राकृतिक” प्रक्रियामा प्रवेश गर्दै हुनुहुन्छ, धेरै धेरै शुभकामना । अन्यथा मान्नु हुन्न भने एउटा ‘अनसोलिसिटेड’ सल्लाह दिऊँ रु अरूले गरेका थिएनन् हामीले गर्दैछौँ– यो ‘भाका’ चाहिँ अलि पुरानो हो, तपाईंहरुजस्तो नयाँ’लाई अलि ‘सुट’ गर्दैन कि १ अरूले के गरेका थिए, ‘बाल’ दिनोस् । आफूहरू के गर्दै हुनुहुन्छ, त्यो चाहिँ बताउनुस् ।’

पार्टी निर्माणको प्रक्रिया त यस्तै हो ।

ट्रेड युनियनको दुनियाँमा संगठन निर्माण सम्बन्धी एउटा अङ्ग्रेजी शब्द प्रचलित छ– आहा–एङ्गर–होप– एक्सन! पहिले मानिसको निराशालाई समाउने र झोक चलाउने । त्यसपछि ‘म छु नि’ भन्दै उनीहरूमा आशा जगाउने र अन्त्यमा आफूले तय गरेको दिशामा उभिएका समर्थकलाई डोर्‍याउने ।

लामिछानेलाई रिमालको सुझाव

प्रिय रविजी, 

पार्टी निर्माणको प्रक्रियामा पनि यस्तै हुने गर्छ । सुरुमा ‘तिनीहरूले गरेनन् भन्दै निराशामा खेल्ने, त्यसपछि आफूलाई ‘क्रुसेडर’को रूपमा प्रस्तुत गर्ने र अन्त्यमा ‘जमिन’मा उभिने– कता जाने हो, के गर्न चाहेको हो, रहस्य खोल्ने । 

इतिहासमा टिकेका सबै पार्टीहरू यस्तै प्रक्रियाबाट गुज्रिएका छन् । जब उनीहरू एजेण्डा’मा पोखिन्छन् अनि मात्र जनताले तिनीहरूको ‘रङ्ग’ थाहा पाउँछन् र, ‘कित्ता–काट’को प्रक्रियामा प्रवेश गर्छन् । 

लाग्छ, अहिले तपाईँहरू पार्टी निर्माणको “प्राकृतिक” प्रक्रियामा प्रवेश गर्दै हुनुहुन्छ, धेरै धेरै शुभकामना । अन्यथा मान्नु हुन्न भने एउटा ‘अनसोलिसिटेड’ सल्लाह दिऊँ ? अरूले गरेका थिएनन् हामीले गर्दैछौं– यो ‘भाका’ चाहिँ अलि पुरानो हो, तपाईंहरुजस्तो नयाँ’लाई अलि ‘सुट’ गर्दैन कि ! अरूले के गरेका थिए, ‘बाल’ दिनोस् । आफूहरू के गर्दै हुनुहुन्छ, त्यो चाहिँ बताउनुस् । “प्रक्रिया” न हो, त्यहाँ नयाँ या पुरानो भन्ने हुन्न । सबैले त्यो बाटो नहिँडी सुखै छैन । हो, को कति “स्मार्ट” भन्ने चाहिँ हुन्छ– जो बढी “स्मार्ट” हुन्छ, त्यसैले ‘टक्लु’लाई काइँयो” बेच्छ । 

यस सन्दर्भमा, माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीसँगको एउटा प्रसङ्ग सम्झिरहेको छु । जिल्लावासी, पुरानो चिनजान र एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धी भएको नाताले एकदिन मैले उहाँलाई सोधें– माओवादी पार्टीले विगतमा एमालेले गरेका ‘गल्ती–कमजोरी’लाई नदोहर्‍याए हुन्न दाइ ? उहाँले शालीनतापूर्वक भन्नुभयो– विष्णुजी, तपाईं हाम्रो गाउँमा हरेक घरका आमाहरूले बच्चालाई झोलुङ्गोमा हालिदिएर घाँसपात गर्न जान्थे । आमा आउनुअघि बच्चा उठ्थ्यो, रुन्थ्यो, थाक्थ्यो, त्यहीँ दिसा–पिसाब गर्थ्यो र कतिपय बच्चाले त दिसा समेत खान्थे । पछि आमा हुनेहरूले आफ्ना पालामा यसबाट शिक्षा लिए हुने नि ! पछि जन्मिएका बच्चाले पनि त्यसो नगरे हुने नि ? तर के गर्ने, नगरी जानिन्न । यो त नियमित चक्र रहेछ । 

स्व. पोष्टबबादुर बोगटीको यो भनाई कति मननयोग्य छ हगि?

adb bank long