बिराटनगर । माओबादी संसदीय दलका नेता इन्द्र आङ्बो सत्ता गठबन्धनका तर्फबाट कोशीमा मुख्यमन्त्रीका दाबेदार थिए।
तर, गठबन्धनकै एउटा घटक कांग्रेसका ८ सांसद एमालेको समर्थन लिएर केदार कार्कीको पक्षमा उभिँदा आङ्बो मुख्यमन्त्री बन्नबाट वञ्चित भए।
अब कांग्रेसले एमालेसँग सहकार्य गर्ने कि पूर्ववत् गठबन्धनमा रहने भन्ने प्रश्न पनि यस घटनाले जन्माएको उनको भनाइ छ।
तत्काल माओवादी कोशी सरकारमा सामेल हुने सम्भावना नरहेको उनको भनाइ थियो।
‘मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मैले फोन गरेर बधाइ पनि दिएँ। तर यसबाहेक उहाँसँग पनि अरु केही कुरा भएन,’ आङ्बो भन्छन्।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि तत्काल माओवादी कोशी सरकारमा सामेल हुने सम्भावना नरहेको उनको भनाइ थियो।
‘मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै मैले फोन गरेर बधाइ पनि दिएँ। तर यसबाहेक उहाँसँग पनि अरु केही कुरा भएन,’ आङ्बो भन्छन्।
नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि शपथ लिनेछन्। शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल बनाएर केही मन्त्रीको पनि शपथ गराउने कार्कीको तयारी छ।
तर, मन्त्रिमण्डलमा एमाले सहभागी हुन्छ कि हुँदैन, माओवादीलाई सामेल गराइन्छ कि गराइँदैन र कांग्रेसको पनि विद्रोही समूह मात्र रहन्छ कि संस्थापन पनि सामेल हुन्छ भन्ने स्पष्ट भइसकेको छैन। यद्यपि एमाले कोशीका प्रमुख सचेतक रेवती भण्डारीले एमाले आजै सरकारमा सहभागी हुने बताएका छन् ।
‘शुक्रबार बिहानको सहमति हुँदा पनि प्रधानमन्त्रीसँग मेरो कुरा भएको थियो। गठबन्धन तलमाथि हुँदैन भन्नुभएको छ,’ आङ्बोले भने, ‘चितवनमा गएर उहाँले विश्वासको मत दिने भनेको पनि सुनेँ। तर, मुख्यमन्त्रीले पहिला कुन कित्तामा उभिने भन्ने क्लियर गरेपछि मात्र आगामी बाटो थाहा होला।’