बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको हस्ताक्षर सनाखत सुरू भएको छ।
कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले सांसदहरूको हस्ताक्षर सनाखत सुरू गरेका हुन्।
उता कांग्रेसका ९ जना सांसद सशरीर उपस्थित भई मुख्यमन्त्रीका दावेदार केदार कार्कीका पक्षमा सनाखत गर्न गएपछि आफूहरुको दाबी नपुग्ने देखेर मुख्यमन्त्रीका अर्का दावेदार ईन्द्र आङ्बो सनाखत गर्न नजाने बताए ।
गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।
सरकार गठन गर्न बहुमत पुर्याउन आफ्नो दाबी नपुग्ने भन्दै आफूहरु सनाखतमा नजाने तय भएको आङ्वोले बताए ।
यससंगै कार्कीको दावी पुगेका कारण संबैधानिक ब्यवस्था अनुसार कोशीको मुख्यमन्त्रीमा कार्की आजै नियुक्त हुने देखिएको छ ।
कोशीको मुख्यमन्त्रीका लागि अहिले कांग्रेसका केदार कार्कीको पक्षमा रहेका सांसदहरू हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन्।
कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि बहुमत सांसदहरूको हस्ताक्षरसहितको दाबी पेश गरेका थिए।
आङ्बो पक्षका सांसहरू भने सनाखतका लागि उपस्थित भएका छैनन्। अहिले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा उपस्थित छन्।
कार्कीलाई नेकपा एमाले र कांग्रेसको शेखर कोइराला पक्षको समर्थन छ। आङ्बोलाई कांग्रेस संस्थापन पक्षसहित गठबन्धनको समर्थन छ।