nepal telicom

कोशी प्रदेशमा आज मुख्यमन्त्री नियुक्ति हुने

मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिने

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन् ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न आज शनिबार बिहान ८ बजेदेखि २ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुखको कार्यालयले दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ ।

माओवादीका नेता आङ्बाले कांग्रेससहित चार दलका नेताको समर्थन पेश गरेका छन् । यस्तै, कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय शुक्रबार ५ बजे सकिएको छ । समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद शुक्रबार साँझ प्रदेश प्रमुख परशुराम खापुङलाई भेट्न पुगेका थिए । उनीहरुले आजै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका थिए ।

तर, प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेका दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर आज शनिबार बार हस्ताक्षर सनाखत गर्ने बताएका थिए । जसमा दुवै जना सकारात्मक भएका छन् । हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्ति आज शनिबार हुने भएको हो ।

adb bank long