मुख्यमन्त्रीको दावी फिर्ता गराउन शेखरलाई राष्ट्रपति पौडेलको चर्को दवाव

Telecom

काठमाडौं । कोसी प्रदेशमा कांग्रेस सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेसका नेता शेखर कोइरालामाथि चौतर्फी दबाब आएको छ ।कार्कीको उम्मेदवारी फिर्ता गराउन रास्ट्रपति देखि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न ढंगले दवाव दिएको शेखर निकट एक नेताले बताए ।

ती नेताका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर शेखरसँग चासो राखेका छन् । रास्ट्रपति पौडेलले कार्कीको दाबी फिर्ता गराउन घुमाउरो भाषामा दबाब दिएका छन् । स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोइरालालाई फोनमार्फत कार्कीको दाबीका विषयमा विशेष चासो राखेका थिए । त्यसमा कोइरालाले धेरै पटक आफूले कांग्रेसको नेतृत्वमा सरकार गठनको विषयमा छलफल गर्न चाहे पनि छलफल हुन नसकेको बताएका थिए ।

adb bank long