nepal telicom

एमाले मधेस प्रदेश अध्यक्ष लगायत पदाधिकारी सर्वसम्मत चयन , सदस्यहरुको चुनाव हुने

जनकपुर । नेकपा एमाले मधेश प्रदेश अधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन भएका छन् नेताहरुको पहलमा सर्वसम्म्त भएको हो । यसरी अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत चयन भएका हुन् । पदाधिकारी सर्वसम्मत भएपनी सदस्यहरुको चुनाव हुने भएको छ ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवका अनुसार उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह-सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारीमा सचिवमा शिवशंकर साह ‘हीरा’ लाई बनाउने सहमति भएपनि नेताहरू लीलानाथ श्रेष्ठ , सुमन प्याकुरेल र सरोज यादवले असहमति जनाउदा शिवशंकरको स्थानमा मनोजलाई ल्याएर सहमति जुटाइएको हो ।

शिवशंकरलाई अध्यक्षका लागि एमाले सचिव रघुवीर महासेठले अगाडि सारेका थिए । तर, उनी सचिवसमेत हुन पाएनन् । अध्यक्ष मण्डल श्रेष्ठ ,प्याकुरेल र यादवले अघि सारेका ब्यक्ति हुन् ।

पदाधिकारी सर्वसम्मत भएपनि निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया पूरा गरी घोषणा गरिनेछ ।

सदस्यमा भने विवाद हुने देखिएको छ । अहिले सदस्य पदका लागि उम्मेदवारी दर्ता सुरू भएको छ ।

adb bank long