nepal telicom

एमाले नेता महेश बस्नेतमाथि किन ढुंगा बर्साइयो ?

झापा । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतमाथि ढुंगा बर्साइएको छ । झापामा उनी सहभागी कार्यक्रम बिथोल्न पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले धेरै वटा गाडी तोडफोड गरिदिएका छन् ।

झापाको अर्जुनधारामा बिहिवार राष्ट्रिय युवासंघ नगर कमिटीको प्रथम अधिवेशन चलिरहेका बेला प्रसाईं निकट युवाहरुसँगै पहिचानवादी लिम्बुआनका समर्थकले उनीमाथि सडकमा ढुंगा बर्साएका हुन् ।

झापामा एमाले नेता महेश बस्नेत सहभागी भई निकट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको गाडी तोडफोड भएको छ।

पहिचानवादीको भेलामा दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा गाडी तोडफोड गरिएको हो।

नेता महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको छ । ती सवै गाडी दुर्गा प्रसाईका सहयोगीले तोडफोड गरेका हुन्।

गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए।

adb bank long