काठमाडौं । हमासको आक्रमणबाट बाँच्न सफल भएका नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ आफन्त देखेसँग भक्कानिएका छन् ।
इजरायलमा फसेका विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद स्वयं पुगेका थिए । २५४ विद्यार्थी बोकेको नेपाल एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गर्नुअघि नै आफन्तजन पुगेका थिए । विमान शुक्रबार बिहान २:३७ मा अवतरण गरेको थियो ।
विमानस्थलमा आएका आफन्तजन र विद्यार्थीका आँखाभरी टिलपिलाउँदै अंकमाल गरेका थिए । विमानस्थलको त्यो माहोल केहीबेर भावुक बनेको थियो ।