यता फुरफुर उता घुँरघुँर भन्दै गगन थापालाई शेखर पक्ष नेताले दिए यस्तो दनक

Telecom

काठमाडौं । कोशीमा मुख्यमन्त्रीका लागि दुईजनाले दावेदारी पेस गरेका छन् । ती मध्ये माओवादीका ईन्द्र आङ्बो गठबन्धनको तर्फबाट र कांग्रेसका सांसद केदार कार्कीले दावी गरेका छन् । कार्की डा. शेखर कोइराला पक्षका हुन् । तर कार्कीलाई गगन थापा पक्षधर सांसदले साथ दिएका छैनन् ।

यो बिषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले महामन्त्री गगन थापाले कोसीमा शेखर कोइराला समूहलाई साथ नदिएको आशयसहितको अभिव्यक्ति दिएका छन् ।

बिहीबार ट्विटरमार्फत पोखरलले ‘विगतमा सभापति देउवासँग शेखर मिले’ भन्नेले कोसी सरकार गठनका क्रममा साथ नदिएको बताएका हुन् ।

यद्यपि उनले थापाको नाम उल्लेख गरेका छैनन् । पोखरेल शेखर निकट केन्द्रीय सदस्य हुन् ।

“हिजो शेखर कोइराला शेरबहादुरसँग मिले र सभापतिका हरेक कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने समूहले आज शेखर कोइरालाले व्यक्ति भन्दा पार्टी ठूलो हो, व्यक्ति परिवर्तन गरेर भए पनि कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा त्यो समूहले साथ दिएन । राजनीतिमा मान्छेका रूप अनेक,” पोखरेलले लेखेका छन् ।

adb bank long