nepal telicom

गगनले किन बैठकमै हपारे कानुन मन्त्रीलाई ?

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री रहेका सांसद गगन थापाले कानुन समितिमा सम्पत्ति शुद्धीकरण विधेयकको छलफलमा समय नदिइएको भन्दै राज्य व्यवस्था समितिको बैठकमै मन्त्रीप्रति असन्तुष्टि पोखेका छन्।  उनले बिधयक बनाउने बिषयमा मन्त्री हलुका र गैर जिम्मेवार ढंगले प्रस्तुत हुनु दु:खद भएको भन्दै नाम नलिइ मन्त्रीको चर्को बिरोध गरे ।ती मन्त्री अरु कोहि नभएर गगनकै पार्टीका कानुनमन्त्री धनराज गुरुङ हुन् । गुरुङ पछिल्लोपटक बिबादमा पर्दै आएका छन् ।

‘सम्पत्ति शुद्धीकरण विधेयकमाथि मैले संशोधन राखेको थिएँ। विधेयक राम्रो बनाउन तर समितिमा सरकारका मन्त्री आउनुभयो। मलाई हतार छ। हतार छ, हतार छ, हतार छ भन्नुभयो’, थापाले भने, ‘कानुन न्याय तथा मानव अधिकार समितिको उपसमितिमा जम्मा २ मिनेट बोलाएर कुरा पनि राम्रोसँग नसुनिकन, ब्याख्या पनि राम्रोसँग गर्न नदिइकन हामीलाई पछि बोलाउँछु भनेर पठाइयो।’

थापाले उल्लेख गरेको विधेयक माथिको छलफलमा कांग्रेसकै तर्फबाट मन्त्री बनेका कानुन मन्त्री धनराज गुरूङ दफाबार छलफलमा उपस्थित भएका थिए।

adb bank long