रातारात बाँके र सर्लाहीका एसपी हटाइए

काठमाडौं । कमजोर कमाण्डका कारण शान्ति सुरक्षा खस्किएपछि प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई कारबाही स्वरुप हटाएको छ ।

बाँकेका एसपी सन्तोषसिंह राठौर तथा सर्लाहीका नरेशराज सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबार हटाएको हो । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरुको काज सरुवा गरेका हुन् ।बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ ।

बिहीबार नै गृह मन्त्रालले बाँकेका सिडिओ विपिन आचार्य र सर्लाहीका इन्द्रदेव यादबको सरुवा गरेको थियो ।ती दुई जिल्लामा हालै हिन्दु–मुस्लिम टकराव बढेर शान्ति सुरक्षा बिग्रिएको थियो । जसमा सिडिओ र एसपीको भूमिका कमजोर देखिएको थियो ।

adb bank long