nepal telicom

एमाले मधेस अधिवेशनमा सर्वसम्मतको खाका तयार , को – को छन् प्रस्तावित पदाधिकारी ?

काठमाडौ । नेकपा एमाले मधेस प्रदेश अधिवेशन जारी छ । अधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । उता बिहीबार विहानदेखि नेताहरुले सर्वसम्मत कार्यसमिति चयनका लागि प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार अध्यक्षसहित ५ जना पदाधिकारी सर्वसम्मत चयन गर्ने सम्भावना अन्तिम चरणमा पुगेको छ । तर केही आकांक्षीले नमानेकाले अझै छलफल भइरहेको एक नेताले बताए ।

स्रोतका अनुसार सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल अध्यक्ष हुने करिब सहमति भइसकेको छ । यस्तै उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा शिवशंकर साह हिरा (धनुषा), उप सचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) मा सहमति करिब सहमति जुटेको स्रोतले जनाएको छ ।

adb bank long