जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनको तेस्रो दिन भोलि शुक्रवार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आज निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उता नेताहरुले सहमतिको प्रयास पनि जारी राखेका छन् ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार साँझ साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको हो ।कार्यतालिका अनुसार मतदाता नामावलीमा दाबीविरोधपछि बिहीबार साँझ ८ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै बिहीबार नै बेलुका ९ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता र दाबी विरोधपछि उम्मेदवारको अन्तिम नामावली २६ गते विहान १० बजे प्रकाशन गर्ने कार्यतालिका छ । २६ गते शुक्रबार ११ बजेदेखि मतदान गर्ने समय तोकिएको छ ।