एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गन्ट्जबीच आपतकालीन सरकार गठनको सहमति जुटेको छ।
नेतान्याहु, गन्ट्ज र रक्षामन्त्री रहने युद्ध मन्त्रीमण्डल पनि गठन गरिनेछ। यो मन्त्रीमण्डलले युद्ध अवधिभर फास्ट ट्रयाकमा काम गर्नेछ।
प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार अचानक आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गरेको छ।
इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बीबीसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।
इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्। द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। जरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।
उता इजरायलको गाजा क्षेत्र द्वन्दग्रस्त हुँदा इजरायलका अन्य क्षेत्रमा पनि त्रास कायम छ । अन्य क्षेत्रमा पनि साथिभाईसंग भेटघाट र रमाइलो गर्न जादा पनि युवा युवती हतियार बोकेर हिड्नुपर्ने बाध्यता छ ।