एमाले मधेस प्रदेशमा नेतृत्व चयन प्रक्रिया आजबाट , पेचिलो बन्दै नेतृत्व चयन

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हिजो बुधबारदेखि अधिवेशन सुरु भएको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । बन्दसत्र सकिनासाथ निर्वाचन प्रक्रिया शुरु हुने निर्वाचन कमिटीले जनाएको छ । आज बिहीवार मतदाताको नामावली प्रकाशनदेखी उम्मेदवारीको मनोनयन फारम बितरण र उम्मेदवारी दर्ता सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने योजना रहेको निर्वाचन कमिटीका एक सदस्यले बताए ।

२३५ सदस्य प्रदेश कमिटी चयन गर्न मधेश प्रदेशको आठवटै जिल्लाबाट खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट भएका छन् ।

प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ भने १०५ जना स्वयंसेवक परिचालन गरिएको एमाले मधेश प्रदेशले जनाएको छ ।

यस मधेश प्रदेशको नेतृत्व चयन प्रक्रिया पेचिलो बन्ने देखिएको छ । पोलिट्व्यूरो सदस्य पुरुषोत्तम पौडेलले अध्यक्ष बन्न रुचि नदेखाएको तथा अर्का पोलिटब्युरो सदस्य सुमन प्याकुरेल र रामदयाल मण्डलले पनि नेतृत्वबाट ग्रीन सिग्नल नपाएपछि रेसबाट बाहिरिएका छन् ।

सर्वसम्म अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मधेश प्रदेशमा ठूलो संकट देखा परेको छ । अन्य प्रदेशमा भन्दा धेरै पेचिलो देखिएकाले निर्वाचनमै जाने सम्भावना पनि उत्तिकै रहेको छ । एकले अर्कोलाई स्वीकार्न सक्ने अवस्था नदेखिएको नेताहरूले बताएका छन् । त्यसमाथि केन्द्रीय सचिव रघुबीर महासेठ फ्याक्टर पनि छ भने पोलिटब्युरो सदस्री लीलानाथ श्रेष्ठ र सरोज यादवको पनि बहुत इन्ट्रेष्ट रहने गर्दछ ।

मधेश प्रदेशको अध्यक्ष लागि अहिलेसम्म धनुषाका जयप्रकाश यादव, सिराहाका चन्देश्वर मण्डल,सर्लाहीका राज नारायण शाह, धनुषाका राजकिशोर यादव, लक्ष्मी यादव, पर्साका बिचारी यादव आकांक्षी देखिएका छन् । अध्यक्षका प्रबल दाबेदार रेवती पन्तविरुद्ध अख्तियारले हालसालै झलनाथ खनालको सर्पपालन परियोजनामा मुद्दा दायर गरेकाले उनको दाबी स्वतः कमजोर बनेको छ ।

त्यसैगरी सचिवमा बाराका मनोज पौडेल, धनुषाका मनोज खडका, रौतहटकी आरती भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । पौडेल बाराको जीतपुरसिमरा बाट, खडका संगठन विभागबाट प्रतिनिधि बनिसकेका छन् भने भण्डारी चन्द्रनिगाहपुरबाट प्रतिनिधि बन्ने चाहना राखेता पनि बन्न नसकेको जनाएको छ । प्रतिनिधि नबनेसम्म चुन्न चुनिन पाइने छैन ।

adb bank long