nepal telicom

पेटमा हँसिया गाडिएको र रगताम्मे अवस्थामा  भेटियो गाई ,कसले गर्‍यो गाईलाई हँसिया प्रहार ?

दाङ । धरान काण्ड सेलाउन नपाउदै दाङमा एक गाईको पेटमा हँसिया गाडेको र रगताम्मे अवस्थामा भेटिएको छ । पशु अधिकारकर्मीको दवावमा गाईलाई हँसिया प्रहार गरेको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँमा तीन दिनअघि घाइते गाई फेला परेपछि निर्दयी व्यवहार गर्नेको खोजी भइरहेको हो।

प्रहरी चौकी गोझेनाका प्रमुख रमेश परियारको टोलीले अनुसन्धान गरिरहेको छ। पशु अधिकार संरक्षण जोड दिन पनि दोषीलाई कारबाही गर्नुपर्ने भन्दै अधिकारकर्मीहरूले आवाज उठाएका छन्। कसले र किन हँसिया खोप्यो भन्ने यकिन हुन सकेको छैन।

पेटमा हँसिया नै गडेको अवस्थामा गाई फेला परेपछि लमही नगरपालिकाका पशु स्वास्थ्य चिकित्सक गणेश चौधरीको टोलीले उपचार गरिरहेको छ। समाजसेवी दिकपाल योगी र स्थानीयको सहयोगमा उपचार गरी छाडिएको छ।

adb bank long