nepal telicom

देउवाको रणनीति : शशांकलाई बोक्ने , शेखरलाई ठोक्ने !

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइराला परिवार फुटाउ र राज गर भन्ने रणनीति अख्तियार गरेको कांग्रेस मुख्यालय सानेपामा चर्चा भएको सुनिन्छ ।

डा. शेखर कोइरालाले गगन थापाहरूसँग मिलेर आफ्ना विरूद्ध गतिविधि गर्न थालेपछि काङ्ग्रेस सभापति देउवाले नयाँ रणनीति बनाएको जानकारी प्राप्त भएको छ । देउवा यसअघि उपयुक्त समयमा शेखरलाई कार्यबाहक सभापति दिएर एकताको वातावरण बनाउने मानसिकतामा रहेको चर्चा व्यापक थियो । त्यसै कारणले केन्द्रीय समितिको बैठक र देउवाका क्रियाकलापमा शेखर बिरोधमा उत्रेनन । बरु मौन समर्थन गरे । देउवाका निकटवर्तीहरू पनि यो रणनीतिमा खुशी देखिन्थे । त्यो बीचमा शेखर र गगन बीच पनि सम्बन्ध चिसिन पुग्यो । तर जब देउवाको रणनीति शेखरले थाह पाए तब शेखर महामन्त्री गगन थापासँग कहिले लन्च मिटिङ त कहिले डिनर मिटिङ गरेर इतर पक्ष एक ठाउँ भएको सन्देश दिन थाले ।

अब देउवा शेखरलाई महत्व दिने स्थितिमा नरहेको बताइन्छ । देउवाले डा. शशांक कोइरालालाई आफ्नो उत्तराधिकारी बनाउनसक्ने सम्भावना बढेको छ । यसबारे शशांकले पनि देउवाको उत्तराधिकारी आफू हुने बताएका छन् ।

श्रोतका अनुसार डा. शशांकलाई काङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनबाट सभापति बनाउने पक्षमा देउवा हुनुहुन्छ । कुनै कारणवश आवश्यकता परेमा महाधिवेशनअगाडि नै शशांकलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने मानसिकता पनि देउवाले बनाउनुभएको बताइन्छ ।

शशांक कोइरालालाई पार्टी नेतृत्व हस्तान्तरण गरिँदा आफ्नो पक्षका साथीहरू सूरक्षित रहने, आरजु राणा र जयवीर सिंह देउवाको भविष्य सुनिश्चित गर्न सकिने, गगनहरूको टोली तह लाग्ने, शेखरलाई अप्ठ्यारोमा पार्न सकिने र मित्रराष्ट्र भारतको सद्भाव कायम राख्न पनि सजिलो हुने भएकोले देउवा शशांकलाई बोक्न तयार हुनुभएको बुझिएको छ ।

adb bank long