कैलाली । वन तस्करीको आरोप लागेका व्यक्तिलाई हिरासतमा राख्न नपाउँदै मन्त्रीले छुटाएर लगेका छन् । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले वन अतिक्रमणमा पक्राउ परेका जितबहादुर बडैलालाई छुटाएका हुन् ।
जिल्लाको भजनी नगरपालिका-९ मा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समिति उपाध्यक्ष समेत रहेका बडैलालाई वनमन्त्री आफैँ पुगेर रिहा गरेका हुन् । वन अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका बडैलालाई मन्त्री धामीले मन्त्रालयमा छलफल गर्ने भन्दै रिहा गरेको बताइएको छ ।
बडैलालाई डिभिजन वन कार्यालय पहलमानपुरका कर्मचारीहरूले करिब ३ रोपनी वन क्षेत्र अतिक्रमण गरेको आरोपमा मंगलबार पक्राउ परेका थिए । आवश्यक अनुसन्धान लागि सशस्त्र वन सुरक्षा शाखा ९ वन हिरासत० मा राख्न नपाउँदै मन्त्री धामीले उनलाई लिएर गएको प्रत्यक्षदर्शीले बताए ।