काठमाडौं । सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारको संलग्नता रहेको आरोप लगाएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रचण्डले एक ब्यापारी सँग १० करोड रुपैयाँ घुस लिएको खुलासा पनि गरेका छन् ।
हिजो मंगलबार प्राईम टाइम्स टेलिभिजनको एक कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्डको छोरीको संलग्नता रहेको प्रमाण सिआईबीसँग रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेपालको इतिहासको सबैभन्दा भ्रष्ट र अनैतिक पात्र भएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग १० करोड रुपैयाँ अन्डर टेबुल पैसा लिएको उनको आरोप छ । साथै, नेपाल टेलिकमको टेरामक्स, स्मार्ट टेलिकमको लाईसेन्स लगायमा प्रचण्डले अर्बौ रकम लिएको उनको दाबी छ ।