nepal telicom

एमाले मधेस अधिवेशन :अख्तियारले यसरी चकनाचुर पारिदियो रेवती पन्तको प्रदेश अध्यक्ष हुने सपना

काठमाडौ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्‌) माथि भ्रष्टाचारको मुद्दा लागेपछि विभिन्न टीकाटिप्पणी सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएकामध्ये प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त पनि एक हुन्।

आजदेखि शुरु नेकपा एमालेको मधेस प्रदेश अधिवेशनका एकजना बलिया दावेदार रेवती पन्त पनि यो मुद्दामा परेका छन् । अधिवेशनको मुखैमा उनीबिरुद्द मुद्दा जानुलाई कतिपय एमालेजन केवल संयोग मात्र मान्न तयार छैनन् । उनीहरुले यसलाई षड्यन्त्रका रुपमा चित्रित गर्छन् । तर पन्तको भने यसलाई राजनीतिक पूर्वाग्रह भएको ठहर छ । उनले यो अधिवेनकै मुखमा मुद्दा  दायर हुनु संयोग भएको बताए । तर केहि मान्छे नियोजितरुपमा लागेको उनको ठम्याई छ ।

जे होस् , सर्लाही जिल्लामा पार्टी अध्यक्ष बनेर क्षमता देखाएका, मधेस प्रदेशमा राम्रो होल्ड बनाएका र संगठन गर्न कुशल भनेर पहिचान बनाएका पन्त यो अधिवेशनमा अध्यक्षका लागि सशक्त र संभावित अनुहार हुन् । प्रदेश कमिटीका वाहालवाला उपाध्यक्ष रहेका पन्तको यो पटक अध्यक्ष बन्ने प्रवल संभावना हुँदा हुँदै पनि अख्तियारको मुद्दाका कारण ढोका बन्द हुन पुगेको छ ।अख्तियारले मुद्दा  दायर नगरेको भए संभवत: सर्वसम्मत अध्यक्ष नै हुन सक्थे भन्ने चर्चा सुनिन्छ ।

प्रतिष्ठानविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु आयोगको “पूर्वाग्रह” भएको पन्तको दाबी छ।

आयोगले अभियोगपत्रमा योजनाको उद्देश्यतर्फ शून्य प्रगति भएको भनी दाबीको खण्डन गर्दै उनले भने, “तपाईँ आफैँ आएर हेर्नुहोस्। अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ।”

आफूहरूको योजनाअनुसार काम हुने हो भने निर्धारित पाँच वर्षमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनमको उत्पादन नेपालमै हुन थाल्ने पन्तको दाबी छ।

“शून्यबाट सुरु गरेर ६० प्रतिशत काम गरेका हौँ। सम्भाव्यता अध्ययन हुनु नै ठूलो कुरा हो,” उनको तर्क छ ।

उक्त प्रतिष्ठानमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १८ करोड रुपैयाँ हिनामिना गरिएको आरोपमा यसै साताको सुरुतिर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले आर्थिक हिनामिनासम्बन्धी मुद्दामा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्कासहित सात जना र प्रतिष्ठान समेतलाई प्रतिवादी बनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएकामध्ये प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त पनि एक हुन्।

प्रतिष्ठानविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु आयोगको “पूर्वाग्रह” भएको उनको दाबी छ।

आयोगले अभियोगपत्रमा योजनाको उद्देश्यतर्फ शून्य प्रगति भएको भनी दाबीको खण्डन गर्दै बीबीसी न्यूज नेपालीसँग उनले भने, “तपाईँ आफैँ आएर हेर्नुहोस्। अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ।”

आफूहरूको योजनाअनुसार काम हुने हो भने निर्धारित पाँच वर्षमा सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनमको उत्पादन नेपालमै हुन थाल्ने पन्तको दाबी छ।

“शून्यबाट सुरु गरेर ६० प्रतिशत काम गरेका हौँ। सम्भाव्यता अध्ययन हुनु नै ठूलो कुरा हो,” उनले तर्क गरे।

adb bank long