nepal telicom

एमाले मधेस अधिवेशन : आज अध्यक्ष ओलीले उद्घाटन गर्ने , ७ हजार भन्दा बढी सहभागी गराइने

जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशको आज बुधबारदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशन आजदेखी शुरु हुदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दैछन् ।

आज मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

‘आज मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नु हुनेछ र मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्नुहनेछ,’ भट्टराईले भने।

अधिवेशनको उद्घाटनसत्रमा ७ हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि १ सय ५ जना स्वमसेवक परिचालन गरिने जानकारी दिए । अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयं सेवक परिचालन सहितको सम्पूर्ण कार्य पुरा भएको उनले बताए ।

उनले प्रतिनिधिहरूको लागि जनकपुरधामको २२ वटा होटल बुकिङ गरिएको बताए।

मधेश प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले ८ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गिय सङ्गठन सहितका निकायबाट गरेर १ हजार २७ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने पनि जानकारी दिए।

अधिवेशनको उद्घाटनसत्रमा ७ हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि १ सय ५ जना स्वमसेवक परिचालन गरिने जानकारी दिए । अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयं सेवक परिचालन सहितको सम्पूर्ण कार्य पुरा भएको उनले बताए ।

प्रदेश अधिवेशन तयारी समितिका संयोजक समेत रहेका प्रदेश अध्यक्ष राम अवतार यादवले जनकपुरधाम ४ तिरहुतियागाछी स्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटनसत्रको लागि सबै तयारी पूरा भएको छ ।

adb bank long