एमाले मधेस अधिवेशन : अध्यक्षका आकांक्षी पौडेल र प्याकुरेललाई बालकोटको रातो बत्ति , पन्तलाई अख्तियार

Telecom

मैदानमा यादव,मण्डल र साहको चर्चा

जनकपुर । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आज बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। आज मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।

‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नु हुनेछ,’ उनले भने।

पार्टी अध्यक्ष ओलीले बुधबार नै मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को शिलान्यास गर्ने कार्यक्रम छ।

मधेस प्रदेशमा एमालेका ६६ हजार २०० पार्टी सदस्य रहेको भट्टराईले बताए। १ सय ३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्।

अधिवेशनले २ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले आकांक्षा राखेका छन् ।

त्यसो त अध्यक्षका लागि बाराका पुरूषोत्तम पौडेल, सप्तरीका सुमनराज प्याकुरेलले पनि चाहना राखेका थिए। उनीहरूले अध्यक्षका लागि लबिङ पनि गरेका थिए । एकखालको प्रचार पनि गरेका थिए । तर, उनीहरू प्रतिनिधि आएनन्। पार्टी नेतृत्वले मधेसमा मधेसी मुलकै नेतालाई नै अध्यक्ष बनाउने संकेत गरेपछि उनीहरु प्रतिनिधि नै नआएको श्रोतले बताएको छ । उता अध्यक्षका अर्का आकांक्षी बर्तमान प्रदेश उपाध्यक्ष रेवती पन्तलाई अख्तियार लागेको छ ।

धनुषाका लक्ष्मीनारायण यादव आफ्नो पक्षमा समर्थन जुटाउन कस्सिएका छन्। उनी प्रदेश सदस्य हुन्।

त्यस्तै सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले पनि अध्यक्षमा आकांक्षा राखेका छन् ।

प्रदेश अध्यक्षको आकांक्षीको रूपमा अहिलेका उपाध्यक्ष रेवती पन्त झलनाथ खनाल प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् । उनीविरूद्ध सर्प पालनका नाममा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुख भएकाले उनी दोहोरिन पाउँदैनन्। एमालेले यसअघि नै सांसद, जनप्रतिनिधिलाई उम्मेदवार बन्न नपाउने सर्कुलर मातहत कमिटीमा पठाइसकेको छ। त्यसैले उनी रेसबाट आउट भएका छन् ।

adb bank long