एमालेको सुदूरपश्चिम प्रदेशमा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी , सचिवमा चन्द !

Telecom

धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । मंगलबार राति केन्द्रीय नेताहरुसहित भएको छलफलले कृष्ण प्रसाद जैशीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार उपाध्यक्षमा बाजुराका काली बहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उप सचिव खुला पुरुष तर्फ नेपालु चौधरी, महिला उप सचिवमा कलशा महरासर्वसम्मत चयन भएका छन् ।

दुवै जनाले मंगलबार बिहान भने उम्मेदवारी दिएका थिएनन् । एमालेले प्रदेश कमिटि सदस्यहरु पनि सर्वसम्मत चयन गरेको जनाइएको छ । सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्ष सहित सवै पदाधिकारीमा उम्मेदवारी परेको थियो ।

जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचन बहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए । त्यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । एमाले प्रदेश कमिटिको उपाध्यक्षका लागि हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए ।

यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेश कुमार खाति, रतन रतनराज रेग्मी र जीवन कुमार बम रहेका थिए । यस्तै उप सचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दिनेमा महिला तर्फ भागरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने, उपसचिव खुल्ला (पुरुष)तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए।

adb bank long