nepal telicom

सरकारी वकिल समुहका ६ जना सहसचिवको सरुवा हुँदा को कहाँ पुगे ?

काठमाडौ । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणी सरकारी वकिल समूहका ६ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारी वकिल समूहका सहसचिव अच्यूतमणि न्यौपानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट महान्यायाधिवक्ताको कार्यालय, सन्देश श्रेष्ठको महान्यायाधिवक्ताको कार्यालयबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, नारायणबहादुर थापाको उच्च सरकारी वकिल कार्यालय पोखराबाट उच्च सरकारी वकिल कार्यालय विराटनगर, यदुनाथ शर्माको उच्च सरकारी वकिल कार्यालय जनकपुरबाट उच्च सरकारी वकिल कार्यालय पोखरा, कोषहरि निरौलाको उच्च सरकारी वकिल कार्यालय विराटनगरबाट उच्च सरकारी वकिल कार्यालय जनकपुर र हरिशंकर ज्ञवालीको उच्च सरकारी वकिल कार्यालय ओखलढुंगाबाट महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा सरुवा भएको छ ।

adb bank long