nepal telicom

इजरायलमा एक नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात

काठमाडौं । इजरायलमा हमास समूहले गरेको आक्रमणमा परेर घाइते भएका चार नेपालीको अवस्थामा सुधार भएको छ । इजरायलस्थित नेपाली दूतावासले घाइतेहरूको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जनाएको हो ।

तर, सम्पर्कविहीन रहेका एकजना नेपाली विद्यार्थीको अवस्था अझै अज्ञात । उनको खोजिकार्य भइरहेको दूतावासले जनाएको छ । उनलाई खोज्न प्रहरी, अस्पतालसहित उपलब्ध सबै स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोग लिइरहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो ।

adb bank long