जुम्ला । नेकपा एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका–८ का सुरत बहादुर शाहीविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।
सोही वडाकी एक १७ वर्षीया बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, प्रलोभनमा पार्ने गरि फोन गरेको अडियो सार्वजनिक भएपछि घटना बाहिरिएको थियो।
पीडित बालिकाका बुबाले दिएको जाहेरीको आधारमा मंगलबार मुद्दा दर्ता भएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए। ‘पीडित बालिकाका बुवाले जाहेरी दिनुभएको छ,’ उनले भने, ‘बालबालिका सम्बन्धि ऐन–२०७५ अनुसार मुद्दा दर्ता भएको छ।’
सार्वजनिक भएको अडियोमा नेता शाहीले बालिकालाई प्रवेश रीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा, यौन सम्बन्ध राख्न दिनु पर्ने तथा सम्बेदनशील अंगको फोटो पठाउनुपर्ने भनि प्रस्ताव गरेको अडियो सार्वजनिक भएको थियो।
नातामा ठूलो बुवा पर्ने शाहीले यौन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फोनमासमेत गर्न थालेपछि अत्ति भएर रेकर्ड गरेको पीडित बालिकाले बताएकी छिन्।
‘सुरुमा मलाई म्यासेज गर्दा हाम्रो गाउँको ठूलो नेताले सम्पर्क गरे। हाम्रो पनि कोही रहेछ भन्ने लाग्यो,’ पीडित बालिकाले भनिन्, ‘ठूलो बुवा, भनेर आश मानेको त अपराधिक मानसिकता रहेछ। मलाई अत्ति नै गरेपछि प्रहरीमा गएको हो।’
काठमाडौंमा ११ कक्षामा अध्ययनरत बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा पार्ने प्रयास गरेको पीडित बालिकाको भनाइ छ।
‘म्यासेज र फोनमा यौन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’ उनले भनिन्, ‘त्यो रेकर्ड गरेको अडियो र उसले गरेका म्यासेजहरु प्रमाणको रुपमा पेस गरेकी छु।
यसैबीच नेकपा एमाले जुम्ला जिल्ला उपाध्यक्षले आफ्नै भतिजीमाथि यौन प्रस्ताव राखेको अडियो बाहिर आएको छ । उपाध्यक्ष सुरतबहादुर शाहीले पढाई खर्च उपलब्ध गराइदिने प्रलोभनमा यौन प्रस्ताव गरेको सुनिन्छ ।
उनले ‘सेक्स’ भनेको बुझ्यौ ? भनेर टेलिफोन संवादमा सोधेका छन् । किशोरीले पनि ‘अँ बुझेँ’ भनेर जवाफ दिएकी छन् । टेलिफोनको प्रारम्भमा काका शाहीले पढ्ने कुरो सबै फिक्सड गरेको,भोलि भेटेर कुरा गर्ने र अनलाइनमा धेरै कुरा गर्न नहुने भन्दै सेक्सको सन्दर्भ निकालेको सुनिन्छ ।
टेलिफोन वार्तामा भएको कुरो कसैलाई नभन्न आग्रह गर्दै शाहीले ‘इन्ट्रान्स’ र कोठाको सन्दर्भ निकालेका छन् । किशोरीले कोठामा आउँछु भनेकी छन् । दिउँसो आमाको अपरेशन हुने जानकारी गराउँदै आफूले गरेको प्रतिबध्दता सबै पूरा गर्ने एमाले उपाध्यक्षले किशोरीलाई बताएका छन् ।
त्यसपछि उनले सांकेतिक रुपमा सोधेका छन्, ‘मैले भनेको कुरा के हो भन त ? कि म भनौं ?’ किशोरी भन्छिन्, ‘तपाईं नै भन्नुस् न ।’ शाहीले आफैंले भन्ने उल्लेख गर्दै सोध्छन्, ‘भनौं ? गाली त गर्दैनौ नि !’ किशोरीले गाली नगर्ने बताएपछि उनले भनेका हुन्, ‘सेक्स भन्या त बुझ्यौ ?’ लगत्तै किशोरी भन्छिन्, ‘अँ बुझेँ ।’
त्यसपछि उनले किशोरीसँग एउटा फोटो पठाइदिन आग्रह गर्छन् । पहिले निकै दबिएको आवाजमा बोलिरहेकी ती किशोरी फोटोको कुरो गरेपछि निकै चर्को स्वरमा बोल्न थाल्छिन् । उनले सोधिन्, ‘के को ? के को फोटो ? मेरो के को ?’
शाहीले जवाफ दिए, ‘माथिको ।’