nepal telicom

एमाले सुदूरपश्चिमको एक सचिवका लागि चन्द , खाती र रेग्मीको उम्मेदवारी

धनगढी । नेकपा एमालेको जारी सुदुरपश्चिम प्रदेश अधिवेशनको क्रममा सचिवको लागि बहालवाला सचिव रणबहादुर चन्द , राजेश खाती र सनतराज रेग्मीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एक सचिव पदका लागि रणबहादुर चन्द , खाती र रनतराज रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमालेको जारी प्रदेश अधिवेशनको क्रममा सचिवको लागि बहालवाला सचिव रणबहादुर चन्द र राजेश खातीले उम्मेदवारी दर्ता गराएका हुन्।अध्यक्षका उम्मेदवार कमल तिमिल्सिनाको टिमबाट सचिवमा चन्दले र कृष्णप्रसाद जैसीको टिमबाट खातीले उम्मेदवारी दर्ता गराएका छन् ।

मध्याह्न साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय थपिएको थियो । यसअघि बिहान साढे ११ बजेसम्मको समय तोकिएको थियो । यस्तै दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ताको समयावधि तोकिएको छ।

यसअनुसार आजै साँझ ५ बजेदेखि नयाँ नेतृत्वका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले जनाएका छन् । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ६७५ प्रतिनिधी सहभागी छन् । अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ ।

adb bank long