nepal telicom

सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा १७ वर्षीय किशोराी मृत फेला

काठमाडौ । सुन्धारास्थित एक गेस्ट हाउसमा १७ वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् । ललितपुर इमाडोलकी नीता राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ । प्रहरीका अनुसार किशोरी श्रीगुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन् । प्रेमीले पैसा सकिएर आइतबार आफू बाहिर निस्किएको र सोमबार बिहान गएर हेर्दा कोठामा मृत भेटिएको बयान दिएका छन् ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

adb bank long