nepal telicom

उपराष्ट्रपति यादव अस्वस्थ

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । हिजोदेखि नै सञ्चो नभएपछि यादव निवासमै आराम गरेर बसेका थिए ।

तर, आज पनि विहानैदेखि जिउ दुख्ने र रिगंटा लागेपछि उपचारको लागि वीर अस्पताल लैजान लागिएको उनका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिए ।

डा. सिलवालले वीरका चिकित्सक डा. अजित खनालसँग समन्वय गरेर नै उपराष्ट्रपति यादवलाई वीर अस्पताल लैजाने तयारी भएको जनाए ।

adb bank long