कैलाली । आइतबारदेखि शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनको लागी मनोनयन दर्ता भइरहेको छ भने समय पनि थप गरिएको छ।
बिहान १०:३० बजे सम्मको लागि उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरिएको थियो । त्यसपछि ११:३० र अहिले १२:३० सम्म समय थप गरिएको छ ।
अहिले सम्मा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको अन्य पदाधिकारीमा आधा दर्जन बढीले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा अछामका कमल तिमिल्सिना, अछामका कृष्ण प्रसाद जैशी, अछामकै भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गरिसकेका छन् ।