काठमाडाैँ । नेकपा एमालेको गैर भैगोलिक प्रदेशका रुपमा रहेको उपत्यका विशेष प्रदेशमा सबै सर्वसम्मत भएका छन । नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सम्पूर्ण कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत घनेन्द्र श्रेष्ठले जानकारी दिए ।
अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की र सचिवमा पार्टी स्कुल विभागका सदस्य मिलेन धरेल निर्विरोध भएका छन । त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएका छन ।
यसैगरी सदस्यमा पेशागत विशेष जिल्ला कमिटि क्षेत्रबाट १८ जना सर्बसम्मत भएका छन् । जस अनुसार कुमार हुमागाँई , शंकर भट्टराई , संक्षेप शर्मा , संग्राम सिंह , बिष्णु प्रसाद पोखरेल , प्रकाश बिक , केदार प्रसाद देबकोटा , विशाल तिमिल्सेना , श्रीधर आचार्य , सुरज ढकाल , गोपाल बस्नेत , लोकराज खतिवडा , प्रयास शाह , लेखनाथ कोईराला , काशिनाथ रिमाल , प्रकाश भट्टराई , प्रबेश आचार्य , बिन्दा शर्मा , अजान शर्मा , लक्ष्मी देवी कार्की , शसी शर्मा , शोभा बुढाथोकी पाण्डे , अम्बिका धमला , कोपिला न्यौपाने , शिला क्षेत्री , अबिरल शर्मा , आरटी शर्मा र ज्योती श्रेष्ठ रहेका छन्।
त्यसैगरी मजदुर विशेष जिल्ला कमिटि क्षेत्रबाट २७ जना सर्बसम्मत निर्वाचित भएका छन्। जस अनुसार नरनाथ लुइँटेल , महेन्द्र लाल श्रेष्ठ , रामहरी नेपाल , कृष्ण रिमाल , युबराज जिरेल , सार्की तामाङ , गोपाल कार्की , रामकृष्ण न्यौपाने , अर्जुन अधिकारी , ठाकुर श्रेष्ठ , मोहन नेपाली , राजकुमार श्रेष्ठ , माधब पाण्डे , गणेश श्रेष्ठ , हरीओम अधिकारी , राम बुढाथोकी , कमला तामाङ , स्मृती लामा , फुलमाया लामा , माया गुरूङ , शान्ता बस्नेत , ललिता केसी , सुजना जोशी , ईश्वरी थापा , कमल घिमिरे र बिकि श्रेष्ठ रहेका छन् ।
यस्तै उधोग ब्याबसाय विशेष जिल्ला कमिटि क्षेत्रबाट ७ जना निर्बिरोध भएका छन्।जसअनुसार चेतनारायण पाण्डे , टंक राउत, खड्ग ताम्लिङ , अशोक राई , शुसिला जोशी सेढाँई , सञ्जु महर्जन र मदन भण्डारी रहेका छन् ।
यसैगरी युवा बिद्दार्थी विशेष जिल्ला कमिटि क्षेत्र अन्तर्गत ८ जना सदस्य सर्बसम्मत भएका छन् । जस अनुसार नबराज खतिवडा , समिक बडाल , बाङ्छु लामा , राजकुमार राई , रमेश भट्टराई , सुनिता भण्डारी , उषा अधिकारी र कल्पना वाइबा रहेका छन् ।
त्यस्तै लेखा कमिटिको अध्यक्षमा लक्ष्मण खनाल , उपाध्यक्षमा एकराज पन्त , सचिवमा उमेश गिरी र सदस्यहरूमा तिलक अधिकारी अर्जुन चौलागाँई , तुलाराम ढकाल र आसुतोष शर्मा सर्बसम्मत चयन भएका छन् ।
गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएका हुन् । कुल तीन सय चार प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन ।