एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्वका लागि सहमतिको अन्तिम प्रयास जारी

धनगढी । नेकपा एमाले प्रथम सुदूरपश्चिम अधिवेशनबाट पदाधिकारी तथा सदस्याका लागि आज पनि सहमतिको प्रयास जारी रहेको छ । महासचिव शंकर पोखरेल , इन्चार्ज छबिलाल बिश्वकर्मा , केन्द्रीय सचिव लेखराज भट्ट , स्थायी कमिटी सदस्य कर्ण थापा, अध्यक्ष दामोदर भण्डारीलागायतका नेताहरु सहमतिको लागि अन्तिम प्रयासमा जुटीरहेका छन् । ईन्चार्ज बिश्वकर्माले अहिले पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भैरहेको बताए

नेकपा एमाले निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार आज मनोनयन दर्ता र मतदान कार्यसूची सार्वजनिक भए पनि सहमतिको अन्तिम प्रयास जारी रहेको जनाइएको हो ।

उम्मेदवारीका लागि धेरैले फारम लगेको तर दर्तापछि मात्रै को कुन पदमा दाबि गरेको दर्तापछि मात्रै जानकारी हुने प्रदेश सचिव धर्मराज पाठकले बताए ।

प्रदेशको कार्य समितिका लागि सहमतिको प्रयास भइरहेको एमालेका सचिव पाठकले जानकारी दिए । यदि सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन जनाइएको छ ।

निर्वाचन कार्य तालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र बझाङका वचन सिंह आकांक्षी रहेका छन् ।

आइतबार धनगढीमा भएको प्रथम अधिवेशनको उद्घाट्न अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।प

adb bank long