बाबुरामको एकाबिहानै ट्विट-‘सत्ता लुछाचुँडीले देश र गणतान्त्रिक प्रणाली गम्भीर दुर्घटनातिर उन्मुख हुँदैछ’

Telecom

काठमाडौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख भएको टिप्पणी गरेका छन्। आज बिहानै सामाजिक सञ्जालमार्फत उनले रणबहादुर र जंगबहादुरहरू त आउने र जाने भएपनि देश र जनतालाई धेरै ठूलो नोक्सान हुने तर्क गरेका हुन्।

भारत(चीन(अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भूमरीमा पर्दै गएको बेला राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई छ। ‘देश आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको वेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श,सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो।’नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले भने,‘परन्तु चरम सत्तालो लुप,भ्रष्ट र अदूरदर्शी व्यक्तिरशक्तिहरूको सत्तालुछाचुँडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटुसत्य हो।’

भट्टराईले सार्वभौम संसदले राखेको कोशी प्रदेशको नाम अस्वीकार गर्दै प्रदेश-१ लेखेका छन् । भट्टराईकै ट्वीटरमा एक प्रयोगकर्ताले सार्वभौम प्रदेश सभाले राखेको कोशी नाम उच्चारण गर्न के समस्या हो भन्दै उनलाई प्रश्नसमेत गरेका छन्। भट्टराईले भनेका छन्,‘संघ र प्रदेश-१ लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भैरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्तिरदलरगुटका आआफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडीरदलाली त्यसका भद्दा नमूना हुन्।’

भट्टराईले गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आँकलन गर्नुपर्ने बताए। उनले भनेका छन्,‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ१ रणबहादुर र जंगबहादुरहरू त आउॅछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’

adb bank long