सरकारको बिषयले नेपाली कांग्रेसभित्रै लफडा

Telecom

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनको प्रक्रियालाई लिएर सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसभित्रै असन्तुष्टि बढेको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा प्रदेश सभा बैठकको अध्यक्षता गरेका व्यक्तिसमेत मतदानमा सहभागी भएकोमा कांग्रेसमा असन्तुष्टि बढेको हो । नेता शेखर कोइरालाले यस्तो प्रवृत्तिलाई लोकतान्त्रिक अभ्यासविपरीत भनेका छन् ।

नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास प्रकरणमा जनताले बुझ्ने गरी छानबिन गर्नसमेत सुझाव दिएका छन् ।

सुन प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरकारले सरुवा गरेकोमा समेत कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन् । पछिल्ला राजनीतिक घटनामा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरेको गुनासो उनीहरुको छ ।

प्रोटोन एजुकेसन
adb bank long