Array
(
)

पशुसेवा बिभागमा तालाबन्दी

काठमाडौं । पशुसेवा विभाग मातहतका कार्यालयमा लगाइएको तालाबन्दीप्रति संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ध्यानकर्षण भएको जनाएको छ ।

पशुसेवासँग सम्बन्धित विभिन्न पेसाागत संघ संगठनहरूले पशुसेवा विभागमा बिहीबार सेवा प्रभावित हुने गरी भएको आन्दोलनप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको हो ।

मन्त्रालयले ११ बुँदे प्रतिबद्धतासहित पशुपक्षी विकासका क्षेत्रका समस्या समाधानका लागि सरकार, मन्त्रालय निरन्तर प्रयासरत रहेको र सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्न आग्रहसमेत गरेको छ । यस्तै मन्त्रालयले संवाद र छलफलबाट समस्या समाधान गर्न सकिनेसमेत जनाएको छ ।

मन्त्रालयले अर्थ मन्त्रालयसँगको समन्वयमा शून्य बजेटको समस्या समाधान गरेको, लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएको, अफ्रिकन स्वाइन फिभर रोगबाट प्रभावित किसानका लागि पुनःस्थापनका कार्यक्रममा योजना बनाएको भन्दै सेवा अवरुद्ध गरेको हो ।

पेसागत संघ-संस्थाहरूले महामारी नियन्त्रणमा सरकार उदासीन रहेको भन्दै सरकारको विरोध गरेका छन् ।