Array
(
)

युवा संघ अध्यक्ष थेबेमाथि आक्रमण

धरान । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि आक्रमण भएको छ । सत्तापक्षका दलमा आबद्ध पहिचानवादी आन्दोलनकारीले आक्रमण प्रयास गरेको युवा संघले जनाएको छ ।

युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा थेबेमाथि ढुंगामुढा भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिएका छन् ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा थेबेमाथि आक्रमण प्रयास भएको युवा संघले जनाएको छ । उनीमाथि आक्रमण भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने चेतावनी युवा संघले दिएको छ ।