काठमाडौ । लामो समयसम्म नेतृत्वविहीन रहेका प्रतिनिधिसभाका समितिहरुले अब नेतृत्व पाउने भएका छन् । दलहरुबीच पटक पटक सहमतिको प्रयास भएपनि सहमति जुट्न सक्दा अब संसदीय समितिको नेतृत्व निर्वाचनबाट चयन गरिने भएको हो ।
यो निर्वाचनसँगै समितिले नेतृत्व पाउने छ । यसकालागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचनको मिति तय गरेका छन् । जसअनुसार भदौ ११ गते १ बजे निर्वाचन हुनेछ ।
यसअघि सत्ता र प्रमुख प्रतिपक्षी दलबीच कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समितिको नेतृत्व गर्ने सहमति भएको थियो ।
नेतृत्व छिटो चयन गर्न ताकेता गर्दा पनि दलहरुले चासो नदेखाएपछि निर्वाचन तोकिएको हो ।