काठमाडौ । प्रहरीमा जागिर लगाईदिनन्छु भन्दै दुई लाख असुल्नेलाई प्रहरीले समाएको छ । यसरी पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौं बस्ने वर्ष ५८ का नरेश गौतम रहेका छन् । उनले लमही नगरपालिका -७ की एक २२ वर्षीया युवतीसँग नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।
पीडित महिलाले उजुरी दिएपछि गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए । पक्राउ परेका गौतमलाई दाङ ल्याएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।