काठमाडौं । सस्थापन पक्षसँग असन्तुष्ट नेताहरुले लोकन्थलीमा नेता लोकेन्द्र बहादुर चन्दको निवासमा भेला गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको विवाद बाहिर आएको छ । बिबाद बढ्दै जाँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘कू’को प्रयास भितभित्रै हुन थालेको छ ।
अध्यक्ष लिङ्देनले पार्टीको विधानविपरीत एकल निर्णय लिन थालेपछि पार्टीभित्र उनलाई हटानुपर्ने अभियान सुरु भएको हो । बागमती प्रदेशसभामा सभामुख भएका भुवन पाठकलाई महामन्त्रीबाट राजीनामा नगराएको, पार्टीले गरेको कारबाही फिर्ता नहुँदै लिङ्देनको एकल निर्णयमा खुुश्वु ओलीलार्इृ पार्टीमा भित्र्याएर बढुवा गरेको, पार्टीको विधानविपरीत दिलविकास राजभण्डारीलाई पार्टीको उपाध्यक्ष बनाएको लगायतका दर्जनभन्दा बढी कर्ममाथि प्रश्न उठाएका छन् । ती प्रश्न उठाएर राप्रपाभित्र पहिलो चरणमा संसदीय दलको नेताबाट लिङ्देनलाई हटाउनुपर्ने मत बलियो बन्न थालेको छ । पार्टीका १४ जना सांसदमध्ये अधिकांश लिङ्देनको विपक्षमा उभिने बताइएको छ । पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनी एक ठाउँमा उभिएका छन् ।
उनीहरुले लिङ्देनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाइरहेका छन् । उनीहरु एक ठाउँमा उभिएपछि १४ जना सांसदमध्ये कम्तीमा १० जना लिङ्देनको विपक्षमा उभिने बताइएको छ । अहिले पनि पशुपति शमशेर राणा, धुव्रबहादुर प्रधान, दीपकबहादुर सिंह, रोशन कार्की, दीपक बोहोरा, विक्रम पाण्डे, धवल शमशेर राणालगायतका टोली लिङ्देनको विपक्षमा रहेको छ ।
पार्टीको संसदीय दलमा ५१ प्रतिशत पु¥याएर दलको नेताबाट लिङ्देनलाई हटाउन उनीहरुका प्रयास भइरहेको बेलामा लिङ्देन भने जोगिने प्रयासमा लागेका छन् । एक साताअघि २०८० साउन २७ गते शनिवार लोकेन्द्रबहादुर चन्दको निवासमा एउटा भेला भएको थियो । उक्त भेलाभन्दा अघिल्लो साँझ पशुपति शमशेर राणालाई भेलामा नजान आग्रह गरेका लिङ्देन केही दिनपछि भने चन्द निवासमा पुगेका थिए ।
वरिष्ठ नेताहरुलाई फकाउने क्रममा रहेका लिङ्देनको कार्यशैलीमा प्रश्न उठाएर अन्य केन्द्रीय नेताहरु पनि नेताहरुको घरदैलोमा गइरहेका छन् । अहिलेकै सन्दर्भमा पनि लिङ्देन एमाले अध्यक्ष केपी ओली निकट भएको र पशुपति शमशेर राणा कांग्रेस निकट भएको बताइन्छ । कांग्रेसका देउवा प्रधानमन्त्री हुने अवस्था आएमा राप्रपा विभाजित भएर भएपनि कांग्रेसको गठबन्धनमा लाग्ने पनि चर्चा भइरहेको छ ।