Array
(
)

घरमा भिडियो कल गरेर जापानमा ‍‍एक नेपाली युवतीले गरिन् आत्महत्या

काठमाडौ । नेपालबाट जापान अध्ययनका लागि गएकी एक नेपाली विद्यार्थीले परिवारसँग भिडियो कल गरेर आत्महत्या गरेकी छन्।

फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर परिवारलाई देखाउँदै सोमबार साँझ उनले झुण्डिएर देहत्याग गरेकी हुन्। घटना बारे परिवारले जानकारी गराएपछि फुकुओका क्षेत्रमा रहेका नेपालीहरुले उनको कोठा करिब आधा घण्टामा मात्रै पत्ता लगाएपछि प्रहरी बोलाएर उद्धार प्रयास गरिएको थियो ।

प्रहरीले अगाडि फोन राखेर कुराकानी गर्दागर्दै झुण्डिएको अवस्थामा फेला पारेको थियो। उनलाई यद्दार अस्पताल लगिएकोमा मंगलवार बिहान उनको उपचारकै क्रममा मृत्यु भएको एनआरएनए सदस्यले बताएका छन्। उनको आत्महत्याको कारण खुलेको छैन, तर पारिवारिक असमझदारीका कारण उनले आत्महत्याको बाटो रोजेको मानिएको छ।

आत्मात्याको गर्नेमा नेपाली विद्यार्थी रबीना बुढाथोकी रहेकी छिन्। दोलखा घर भएकी बुढाथोकी गत वर्ष मात्रै भाषा विद्यार्थीका रुपमा जापान पुगेकी थिइन्।